ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा वितरण हुने खानेपानीकाे पाइपलाइनमा प्वाल पारिएकाे छ ।
धरान खानेपानी व्यवस्थापन बाेर्डमार्फत प्रतिष्ठानमा बितरण हुने खानेपानीकाे मुख्य पाइलाइमा मंगलबार अज्ञात दुई व्याक्तिले प्वाल पारी फरार भएका छन् ।
धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको केही उत्तरतर्फ दिउसाे करीब ४ बजे बाेर्डकाे कार्यलयबाट आएकाे भन्दै मेसिनकाे सहायताले प्वाल पारेकाे स्थानिय सुष्मा लिम्बुले बताएकी छिन् ।
पम्पिङ्ग गरी ल्याएकाे मुख्य पाइपलानइमा प्वाल पारेपछि पानी बग्न थालेपछि उनिहरू त्यहाबाट भागेकाे लिम्बुले बताइन् ।
पाइपलाइनमा प्वाल पारी फरार भएसंगै निरन्तर पानी बगिरहेकाे थाहा पाएपछि धरान १९ का वडा अध्यक्ष पूर्ण लिम्बुले बोर्डलाई जानकारी गराएपछि राती १० बजेपछि आज बिहान १० बजेसम्म पानी बन्द गरी बिहान मर्मत गरेपछि पुन: प्रतिष्ठानमा पानी सुचारु गरिएकाे बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले बताएका छन् ।
नगर प्रमुख तिलक राईले भने केहि व्यक्ति तथा साविकका खानेपानी संस्थनका कर्मचारीहरुबाट जानाजान असहयोग भइरहेको बताएका छन् । उनले यस्ता खाले कार्य गरी व्यावस्थापनलाइ असहयाेग गरेकाे र आफूखुसी गर्न गर्न खाेजेकाे बताउँदै अनधिकृत रूपमा जवरजस्ती गर्नेलाइ कानुन बमाेजिम कारवाहि गरीने बताएका छन् ।
उनले घटनाकाे बारेमा यलाका प्हरी कार्यालय धरानलाइ समेत जानकारी गराएकाे बताएका छन् ।
































