ब्लाष्टखबर । आज विहान  माेरङ जिललाकाे विभिन्न्  दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । 

बिहान करिब ४ बजे सुनवर्षी ८ मा  बिअार ३८ अार ८७९० नम्बरकाे भारतिय माेटरसाइकलकअनियन्त्रीत भइ  दुर्घटना हुँदा  स्थानिय ३० बर्षीय बिरेन्द्र प्रसाद मण्डलकाे मृत्यु भएकाे छ । माेटरसाइकलकमा पछाडी  उनकाे मुत्यु भएसंगै माेटरसाइकल र चालक साेहि ठाउँका २९ बर्षीय चन्दन केवट नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै,  सुन्दरहरैचा ७ का ६५ बर्षीया मैया श्रेष्ठको टिफरको ठक्करबाट मृत्यु भएको छ । बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ख ८५३० नम्बरको टिफरले पैदल हिडिरहेकी मैयालाई ठक्कर दिदा उनि गम्भिर घाइते भएकी थिईन ।

 गम्भिर घाईते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  ठक्कर दिने टिफर र चालक सुन्दरहरैचा ५ का कुमार भण्डारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।