श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत ३१ गते मङ्गलबार, १३ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र शुक्लपक्षको प्रतिपदा तिथि १०ः३० बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र प्रतिपदा १४ः३० बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः४१ र सूर्यास्त ६ः२७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

हर्ष र प्रसन्नताका बीचमा समय व्यतित हुनेछ । सम्पत्ति लाभ गर्ने अनुकूल प्रयास हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

रमाइलो यात्राको सम्भावना छ । त्यसबाट दीर्घकालीन फाइदा हुनेछ । दिन सामान्य छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफूलाई मन लागेको कुरा खरिद गर्न सकिनेछ । आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धार्मिक कार्य र सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत पूरा हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

लाभदायक यात्राको सम्भावना देखिन्छ । एकपछि अर्को अवसर आउने योग परेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विवादले गर्दा काम बिग्रनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । शैक्षिक क्षेत्रमा समस्या आउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । व्यापारबाट प्रशस्त लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज शुभकार्यको चर्चा चल्नेछ । रोकिएको काम पनः सुरु हुन सक्छ । धार्मिक यात्रा गर्ने अवसर मिल्ला ।