ब्लाष्टखबर।भारतमा बुधबार एकैदिन ७२हजार भन्दा बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

भारतीय सञ्चार माध्यमका अनुसार बुधबार २४ घण्टामा  ७२ हजार ३ सय ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । त्यस्तै बुधबार भारतमा ४ सय ५९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ  । ६ काेराेड भन्दा बढीलाइ  कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका भारतमा काेराेना काे दाेस्राे लहर सुरू भएसंगै हालसम्म करिब सवा करोड संक्रमित भइसकेका छन्  ।