श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल चैत १८ गते बुधबार, ३१ मार्च २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको द्वितीया तिथि १७ः४९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र चित्रा १२ः४० बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः५४ र सूर्यास्त ६ः२० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनुका साथै सत्कार पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । दिन सामान्य छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

भौतिक वस्तुहरू जुटाउन सकिनेछ । शुभचिन्तकहरूको सहयोगले सजिलै काम बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्य कमजोर रहनेछ । केही प्रतिकूल परिस्थितिसँग जुट्नु पर्नेछ । अशक्त अवस्थामा व्यस्तता बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला । यात्रामा धनमाल हराउन सक्ने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विशेष कर्म प्राप्तिको योग छ । तर, अवसर र चुनौती एकसाथ देखापर्ने हुँदा होसियारी साथ काममा जुट्नु पर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक जिम्मेवारी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । आँटेको काम पूर्ण होला । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मनमा दोघारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोगले नसोचेका काम बन्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजको दिन मनोरञ्जनपूर्ण बित्नेछ । चिताएको कामले तीव्रता पाउनेछ । समय उत्तम रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक, सांस्कृतिक सभा, समारोहमा सरिक हुने सम्भावना छ ।