श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत १७ गते मङ्गलबार, ३० मार्च २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको द्वितीया तिथि १७ः४९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र चित्रा १२ः४० बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः५६ र सूर्यास्त ६ः२०ा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

भौतिक वस्तुहरू जुटाउन सकिनेछ । शुभचिन्तकहरूको सहयोगले सहजै काम बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्य कमजोर रहनेछ । केही प्रतिकूल परिस्थितिसँग जुध्नु पर्नेछ । स्वास्थ्य अवस्था कमजोर रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन काममा बाधा अवरोध आउन सक्नेछ । यात्रामा धनमाल हराउन सक्नेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विशेष कर्म प्राप्तिको योग छ । तर, अवसर र चुनौती एकसाथ देखापर्ने हुँदा होसियारीसाथ काम गर्नुहोला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक जिम्मेवारी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । आँटेको काम पूर्ण होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका मित्रसँग भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । यात्रा सफल रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्राथमिकताका आधारमा अधि बढ्न नसकिएला । विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्नेछ ।