श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत्र १६ गते सोमबार, २९ मार्च २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको प्रतिपदा तिथि २१ः१६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र  हस्ता १५ः२० बजेसम्म, उप्रान्त चित्रा चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः५७ र सूर्यास्त ६ः१९ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आश्वासन दिनेहरूले आफ्नो प्रतिवद्धता पूरा गर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास नगर्नुहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् । दोहो¥याएर प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोतहरू बढ्नेछन् र दिगो फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

गौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ । चुनौती जित्दै काम बनाउन सकिनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । लामो दूरीको यात्रा रहला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट सफलता मिल्नेछ । खानपानमा विचार पु¥याउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी निकायबाट आफूले सोधेअनुरूप सहयोग मिल्ला । पढाईमा अभिरूचि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

घरनिर्माणका लागि समय राम्रो रहेको छ । वाणिमा सभ्यता अपनाएर अगाडि बढ्दा राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पेटसम्बन्धी समस्याले सताउन सक्छ । तीर्थ यात्राको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन कामकाजमा बढी प्रवृत्त भइनेछ ।