श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत १५ गते आइतबार, २८ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको चतुर्दशी तिथि ६ः३० बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र  उत्तरफाल्गुनी २०ः०८ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः५९ र सूर्यास्त ६ः१८ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । परिवारमा केही असमझदारी बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सम्भावना देखिए पनि उपलब्धि हातपर्न समय लाग्नेछ । आफ्नो श्रम परे पनि फल अरूलाई मिल्ला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वस्त्र तथा आभूषणजन्य व्यापार–व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । प्रेमसम्बन्ध सफल रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

निर्माणसम्बन्धी कार्य गर्दा सफलता मिल्नेछ । फलदायी यात्रा होला । पढाइमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार–व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा मन बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सरकारी क्षेत्रबाट सहयोेग प्राप्त हुनेछ । सोचेअनुरूप काम बन्नाले मन प्रफुल्लित रहनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ रहला । सामाजिक तथा धार्मिक क्षेत्रका रुचि बढ्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । सोचेअनुरूप काम बन्नाले मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दूध तथा कृषि व्यापार–व्यवसायबाट प्रशस्त लाभ रहला । मिष्ठान्न भोजन प्राप्त रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

समय राम्रो छ । तारिफयोग्य घरको उपकार गर्न सकिनेछ । लामो दूरीको यात्रा रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आँखासम्बन्धी समस्याले सताउन सक्छ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला ।