श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत्र १४ गते शनिबार, २७ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको त्रयोदशी तिथि ६ः३० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र  पूर्वफाल्गुनी २०ः०८ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः५९ र सूर्यास्त ६ः१८ मा हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । ज्ञान, कला र व्यत्तित्वमा निखारता आउनेछ ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । परिवारमा केही असमझदारी बढ्नेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सम्भावना देखिए पनि उपलब्धि हातपर्न समय लाग्नेछ । काममा आफ्नो श्रम परेपनि फल अरुलाई मिल्ला ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । समय उत्तमखालको छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिएला । उद्योग र व्यापारमा वृद्धि होला ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतीहरुका लागि उत्साहवद्र्धक समय छ । ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनुका साथै प्रसन्न रहनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिहान विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा जमिनको कारोबारबाट प्रसस्त लाभ रहला । सामाजिक तथा धार्मिक क्षेत्रका रुचि बढ्नेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी निकायबाट उच्च व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । कृषि व्यवसायबाट प्रसस्त लाभ रहनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले किर्तिमानी दिलाउने छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हड्डी सम्बन्धी समस्याल सताउनेछ । खानपानमा पनि विचार पु¥याउनु होला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तजनको सहयोग प्राप्त नहुनाले मनमा खिन्नता छाउनेछ । नयाँ काम गर्दा विचार पुर्याएर गर्नुहोला ।