घरमै लागू औषधको कारोबार हुने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानले एक युवतीसहित ४ जनालाई पक्राउ गरेको छ ।

बुधबार धरान १५ स्थित एक घरको कोठा खानतलासी गर्दा फ्रिजभित्र लुकाईछिपाई राखेको अवस्थामा ११ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । 

लागू औषधसहित पक्राउ परेकाहरुलाई जिल्ला अदालत सुनसरीमा पेश गरी लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

पक्राउ परेकाहरुमा १९ वर्षीय एक युवतीसहित, २१, २२ र २५ वर्षीय युवा छन् । पक्राउ परेकाहरु लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ ।