श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत १२ गते बिहीबार, २५ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको एकादशी तिथि १०ः०४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्लेषा २३ः०३ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः०२ र सूर्यास्त ६ः१७ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्त तथा इष्टमित्रहरूबाट सोचेअनुरूप लाभ भइरहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कृषि व्यवसायबाट प्रशस्त लाभ रहला । यात्रा सफल रहनेछ । नयाँ कामको थालनी गर्दा राम्रो होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ रहला । प्रेमसम्बन्धमा सफलता मिल्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

घर निर्माणसम्बन्धी कार्य गर्दा सफलता मिल्नेछ । यात्रा सफल रहला। पढाइमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार–व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा मन बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचेअनुरूप काम बन्नाले मन प्रफुल्लित रहनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । इष्टमित्रहरूको सहयोग प्राप्त भइरहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । सोचेअनुरूप काम बन्नाले मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारपक्ष राम्रै रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

असल कामले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले कीर्तिमानी दिलाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आवश्यकता पूरा गर्न आर्थिक सङ्कट पर्ला । दिगो काम थालनी गर्न पनि सकिनेछ ।