श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल चैत १० गते मङ्गलबार, २३ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको नवमी तिथि १०ः२४ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पुनर्वशु २२ः५९ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि मेष, सूर्योदय ६ः०४ र सूर्यास्त ६ः१६ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक, सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहेको छ । चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोगले काम बन्नेछ  ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मनमा दोघारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । रमाइलो यात्राको सम्भावना देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

वस्त्र, आभूषणजन्य व्यापार–व्यवसायबाट प्रशस्त लाभ रहनेछ । थालेको काम पूरा हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

वैदेशिक यात्राको योग रहेको छ । पारिवारिक समस्याले गर्दा मानसिक चिन्ता बढ्न सक्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाव र तनाव बढेको महसुस हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

राजनैतिक क्षेत्रमा असफलता पाइनेछ । मन खिन्न रहनेछ । पेटसम्बन्धी समस्याले सताउन सक्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । नसोचेको स्थानबाट धनलाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रेमसम्बन्धमा समस्या आउन सक्छ । पढाइमा भन्दा मनोरञ्जनतर्फ बढी ध्यान जानेछ ।