श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत ८ गते आइतबार, २१ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको सप्तमी तिथि ७ः२७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र मृगशिरा १९ः३९ बजेसम्म, उप्रान्त आद्र्रा,  चन्द्रमाराशि मेष, सूर्योदय ६ः०६ र सूर्यास्त ६ः१५ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च लागे पनि काम बन्नेछ । पछिका लागि केही वस्तु खरिद गरिएला । प्रयत्न गर्दा अवरोध हट्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएकासँग भेट हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा सफल भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । आफन्तजनको सहयोग प्राप्त होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेमसम्बन्धमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ रहला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । वैदेशिक यात्राबाट प्रशस्त लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धनलाभ र मनग्य अर्थ सञ्चय गर्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

राजनैतिक क्षेत्रमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।