विराटनगर/  राष्ट्रिय सौन्दर्यकर्मी नेपाल युनिएन विराटनगर महानगरपालिकाले सौन्दर्यकर्मी नाबुन १३ औं स्थापना दिवस मनाएको छ । युनिएनले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । 

कार्यक्रममा बोल्दै सौन्दर्यकर्मीहरूले आफ्नो अधिकार स्थिापित गर्न सबै सौन्दर्यकर्मीहरू एकजुट हुनपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै जिफन्टका १ नम्बर  प्रदेश अध्यक्ष किशोर धमलाले अधिकार स्थापित गराउन सबै सौन्दर्यकर्मीहरू एकजुट भएर लाग्नुपर्ने बताए । जिफन्ट प्रदेशकी सचिब तथा महिला संयोजक निलम ढुङगेलले ब्यूटिपालरमा फरक फरक दर रेट कायम हुने भएकोले एकरूपमा बनाउनुपर्ने सझाब दिइन् । कार्यक्रममा नाबुनका केन्द्रीय सदस्य तथा शिक्षा विभाग सचिब ममता प्रधान, प्रदेश १ का उपाध्यक्ष ललिता धिमाल, सचिब भली सुब्बा लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा आउँदै गरेको होलीको अवसर पारेर होली कार्यक्रम पनि आयोजना गरियो । कार्यक्रममा विराटनगरका ब्युटिसियनहरूको उपस्थित रहेको थियो ।  नाबुनका अध्यक्ष अमिता पौडेलको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । 


1 6