१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र उनकी श्रीमती जाङ्मु इन शेर्पा हेलिकोप्टर अगाडि फोटो खिचाइरहेको देखिएका छन् । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । 

सामाजिक सञ्जालमा सक्रियहरुले शेरधन राई हेलिकोप्टर चढेर ससुराली गएको भन्दै टिक्काटिप्पणी शुरु गरेका छन् । 

केहीले भने उनको यो निजी मामिला भएको तर्क गरेका छन् ।

Mukhyamantri_Sherdhan_Rai_Viral_Tasbir5

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्ः 

' मुख्यमन्त्री शेरधन राई  हेलिकप्टर चडेर ससुराली गए रे । के भयो त ? हेलिकप्टर सक्नेले चडने हो । शेरधन हिडेर जाउनकी, बसमा जाउनकी, हेलिकप्टरमा जाउन । त्यो उनको निजि कुरा हो ।

सरकारी सम्पत्तिको दुरुपयोग गरि हेलिकप्टर चडेर ससुराली गएको हो भने बिरोध गर्न सुहाउछ । नत्र बिरोध चै नहुने कुरामा गरौं न साथीहरु ?  कम्युनिस्टहरुले हेलि चडेर ससुराली जानू हुन्न भन्ने कहाँ लेखेको छ ह ? 

अनि ससुरालीले नै हेलिको ब्यबस्थापन गर्देको हुन पनि सक्छ  । ताइन तुइको बिरोध चै  नगरेकै बेस है साथी हो कि कसो  ? बिरोध नै गर्ने बिषय भेटेनौ भने बरु शेरधनले प्रदेशको नामाकरण गर्न सकेनन बनेर गर ल ? '

Mukhyamantri_Sherdhan_Rai_Viral_Tasbir

एक अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्ः शेर्पाको ड्रेस लाएर हेलिकप्टर चडेर घुम्नु पाउनु भएको छ ,जनताको लागि बोलेको कुरो पूरा होस !


आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणमा गएको मुख्यमन्त्री पत्नी जाङ्मुले जानकारी दिएकी छन् ।   

सामाजिक सञ्जालमा जाङ्मुले लेखेकी छन्ः 

मैले भर्खरै आफ्नो जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो !!! मेरो गाउं र ठाउँको लागी केही गर्नुपर्ने महशुस गरे किनकी त्यहाँ सडक, बिधुत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ !!!! सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु !!!!!   

मैले भर्खरै आफ्नाे जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाकाे सेदुवा र नाेर्बुकाे भ्रमण मेराे श्रीमान माननीय शेरधन राई र...

Posted by Jangmu Enn Sherpa on Monday, March 15, 2021


Mukhyamantri_Sherdhan_Rai_Viral_Tasbir2

Mukhyamantri_Sherdhan_Rai_Viral_Tasbir3

Mukhyamantri_Sherdhan_Rai_Viral_Tasbir4

Mukhyamantri_Sherdhan_Rai_Viral_Tasbir6


प्रदेश - १ मुख्य मन्त्री #सेरधन राई को श्रीमती #मन्त्रिनी Jangmu Enn Sherpa - Miss Mongol Nepal 2018 आजको भ्रमण बारे...

Posted by News Nepal by Dilen on Monday, March 15, 2021