विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर ब्लाष्ट टाइम्स दैनिकका संवाददाता अनिल श्रेष्ठ नगदसहित सम्मानित भएका छन् । 

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर श्रेष्ठलाई सोमबार सम्मान गरेको हो ।

सम्मानित भएका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कदरपत्र र नगद पाँच हजार रूपैयाँसहित सम्मान गरे । 

सोही अवसरमा निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने विद्यार्थीहरू नगदसहित पुरस्कृत भए । 

विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर ‘उपभोक्ताको हकको कार्यान्वयनमा विद्यार्थीको भूमिका’ शीर्षकको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । 

उक्त प्रतियोगिताको प्रथम मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माविमा अध्ययरत रोशिका अधिकारी भइन् । यस्तै द्वितीय विराटनगरको अरनिको स्कूलकी लुनाकिरण सापकोटा, तृतीय उर्लाबारीको सुनपकुवा माविका अञ्जान मिश्र र चौथो धनकुटाको गोकुण्डेश्वर माविका पुष्पदीप विश्वकर्मा भए । उनीहरूलाई नगदसहित पुरस्कृत गरियो ।