ब्लाष्टखबर । अमेरिकी राष्ट्रपति जो बिडेनले बिहीबार १९ ट्रिलियन अमेरिकी डलर राहत प्याकेजमा हस्ताक्षर गरेका छन्।

हस्ताक्षरका क्रममा राष्ट्रपति बिडेनले राहत प्याकेजले जनता, व्यवसायी र कोरोना भाइरसको कारण समस्या भोगिरहेकाहरूलाई सहयोग पुर्‍याउने र अर्थव्यवस्थालाई प्रोत्साहन दिने बताएका छन्।

बिडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेसंगै पहिलो पटक सम्बोधन गर्नु भन्दा पहिला राहत विधेयकमा हस्ताक्षर गरेका हुन्।

अमेरिकामा कोरोना भाइरस महामारीको कारण ५.२९ लाख मानिसकाे मृत्यु भइसकेकाे छ ।

ओभल कार्यालयमा विधेयकमा हस्ताक्षर गर्दै बिडेनले भने ' यो ऐतिहासिक कानूनले यस देशको मेरुदण्ड (अर्थव्यवस्था)लाई पुनर्जीवित पार्नेछ।' 

बिडेनले शुक्रबार उक्त विधेयकमा हस्ताक्षर गर्ने कार्यक्रम रहेकाे भएपनि बुधबार साँझै व्हाइट हाउसमा आएकाेले बिहिबार नै हस्ताक्षर गरेका थिए ।