धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले महाशिवरात्री पर्वको अवसरमा पिण्डेश्वर बाबाधाममा लक्षदीप (लाखबत्ती) प्रज्ज्वलित गरेका छन् ।
लक्षदीप प्रज्ज्वलनसँगै नगर प्रमुख राईले महाशिवको धुनी जगाएका थिए । नगर प्रमुखसँगै उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पनि उपस्थिति रहेको थियो ।
शिवभक्तहरुको समुपस्थितिमा लाखबत्तीसँगै धुनी ताप्ने कार्यक्रम रहेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए ।
धरान १४ विजयपुरमा अवस्थित पिण्डेश्वर बाबाधाममा महाशिवरात्री पर्वको अवसरमा बिहान लघुरुद्री पूजाको आयोजना गरिएको थियो भने साँझ लक्षदीप प्रज्ज्वलन गरी विधिपूर्वक महाशिवरात्री पर्व मनाइएको थियो ।
बिहान प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले लघुरुद्री पूजाको शुभारम्भ गरेका थिए ।