received_128739649125950

विजयपुर/धरान आदर्श बोर्डिङ स्कुलले स्थापनाको दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।

विद्यालयले ५३ औँ वार्षिक उत्सवको अवसरमा फागुन६ गतेदेखि ११ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने भएको हो । सप्ताहव्यापी कार्यक्रममा ६ गते ‘रोजगार देश विकास आधार’ शिर्षकको वक्तृत्वकला र म्याराथुन प्रतियोगिता गरिने विद्यालयका प्रधानाध्यापक लोकन्द्र श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार ७ गते नृत्य र गायन प्रतियोगिता, ८ गते, ९ गते, हाजिरी जवाफ प्रतियोगिता, १० गते  नतिजा प्रकाशन र ११ गते पुरस्कार वितरण गरिने भएको हो । प्रतियोगितामा विद्यालयका विद्यार्थीहरू सहभागी हुन पाउनेछन् । हाइकिङमा भने होटल मेनेजमेन्ट संकायका विद्यार्थीहरु पनि सहभागी हुन पाउनेछन् ।

यसैबीच स्कुलले मंगलबार श्रीपञ्चमी अर्थात् सरस्वती पुजा धुमधामका साथ मनाएको छ । पुजा विद्यार्थी तथा अभिभावकको उपस्थितिमा मनाएको हो । त्यसक्रममा ७७  जना बालबालिकाको अक्षरराम्भ गराइएको एकेडेमिक डाइरेक्टर मोहन पोख्रेलेले जानकारी दिए । विद्यार्थीको सङ्ख्या धेरै भएकाले संकायगत रुपमा फरक फरक पुजा गरिएको उनले जानकारी दिए ।