झापाको अर्जुनधारामा ‘जो हाँस्छ ऊ धेरै बाँच्छ’ नामक हास्य टेलिसिरियलको छायाङ्कन सुरु भएको छ ।

द मानस क्रिएसनको ब्यानरमा सो टेलिसिरियल छायाङ्कनको शुभमुहूर्त गरिएको छ । हरेक महिनाको शनिबार टेलिसिरियल प्रसारण हुने छ । टेलिशृङ्खलाको प्रस्तुतकर्ता केशव वैरागी माइलो रहेका छन् । निर्देशन हिमाली लिङ्देनले गरेकी छन् । संगीत विकास चौधरी, कथा तथा पटकथा बिरु गुरुङ, सम्पादन तिलक रिजाल गीत केशव वैरागी माइलो, निर्माता धर्मेन्द्र तिम्सिना र छायाङ्कन विक्रम डिसीले गरेका छन् ।

टेली चलचित्रमा विक्रम धिमाल, कृष्ण तामाङ, मौसम भटटई, निसा आचार्य, रेनु भटटई, दिप्सन पौड्याल, महाप्रसाद कोइराला, गजेन्द्र तामाङलगायत कलाकार छन् । चलचित्रको शुभ मुहूर्त अर्जुनधारा नगरपालिकाका खेलकुद विकास समिति संयोजक अर्जुन मेचेले गरेका थिए । 

tf2