धनकुटा । लेडी जेसीज धनकुटाले शनिबार धनकुटा नगरपालिका वडा नं.१० को आधारभुत विद्यालय उत्तरपानीका विपन्न तथा फरक क्षमता भएका ३५ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ ।
विधालयका आर्थिक रुपमा विपन्न तथा फरक क्षमता भएका वालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले धनकुटा लेडी जेसीजका अध्यक्ष जेसी बिसिका श्रेष्ठले न्यानो कपडा वितरण वताएकी छन् ।
आधारभुत विद्यालयमा न्यानो कपढा वितरण कार्यक्रम धनकुटा लेडी जेसीजकी अध्यक्ष बिसिका श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको व्यवस्थापन भने विद्यालय व्इवस्थापन समतिका अध्यक्ष खड्क प्रसाद भट्टराई र प्रधानाध्यापक उत्तम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सो अवसरमा विद्यालयका शिक्षक, शिक्षिका र धनकुटा न.पा.–४ मार्गेश्वरी प्राथमकि विद्यालयको प्रधानाध्यापक श्रावण कुमार राईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा धनकुटा लेडी जेसीजकी संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ तथा धनकुटा लेडी जेसीज वर्ष २०२१ का प्रथम पुरुष जेसीज श्रेष्ठको उपस्थिति रहेको थियो ।
कार्यक्रममा धनकुटा लेडी जेसीज बर्ष २०२१ की कार्यकारिणी उपाध्यक्ष जेसी स्मिता जोशी, कार्यकारिणी उपाध्यक्ष जेसी विपना श्रेष्ठ, उपाध्यक्ष जेसी उर्मिला महर्जन, उपाध्यक्ष जेसी रिना श्रेष्ठ, उपाध्यक्ष जेसी अमृता श्रेष्ठ, सह–सचिव जेसी सरस्वती राईको उपस्थिति रहेको थियो ।
सरस्वती राईले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ शुभकामना व्यक्त गरेका थिए । धनकुटा लेडी जेसीज की अध्यक्ष बिसिका श्रेष्ठलेले बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराएका थिए ।