विजयपुर । दलित विकास समितिले धरानका २० वटै वडाका दलित विकास समितिका अध्यक्ष र सचिवलाई प्रस्तावना लेखन तालिम शुरु भएकोे छ ।

धरान–१२ स्थित होटल पुर्वीमा तालिमको उत्घाटन गर्दै प्रमुख अतिथि धरान उपमहानगर सामाजिक बिकास महाशाखाकी अधिकृत जुनु राईले कोरोनाका कारण दलित समदायको क्षमता विकासका लागि कम बजेट विनियोजन भएको बताइन् ।

उनले गत वर्षहरुमा अन्य लक्षित कार्यक्रमको बजेट भन्दा दलित विकास समितिले राम्रोसँग सदुपयोग गरेको बताइन् । समितिका संयोजक किसोर परियारले उपमहानगरका सम्पुर्ण दलित समुदायलाई लक्षित गर्दै चालु आर्थिक वर्षमा १५ वटा कार्यक्रम तय गरेको जानकारी दिए ।

धरान उपमहानगरपालिका आर्थिक वर्ष २०७७–७८ को अन्य लक्षित कार्यक्रम अन्र्तगतका दलितहरुको क्षमता विकासको लागि तालिम दिइएको हो । तालिमले योजना बनाउन, बजेट माग गर्न र कार्यनयन गराउन उपलब्धि मुलक बन्ने बताइएको । २ दिनसम्म हुने तालिमको सहजीकरण बिजय अछामी, तारा लामगादे र दिल्ली रामदामले गर्नेछन् ।