श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल पुस २८ गते मङ्गलबार, १२ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष कृष्णपक्षको चतुर्दशी तिथि १२ः४० बजेसम्म, उप्रान्त औंसी तिथि, नक्षत्र मूल ७ः५३ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

तपाईको मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । लगनशीलताले अवसर दिलाउनेछ । दिन राम्रो छ ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अध्ययनमा प्रगति हुनेछ भने ज्ञान रकलालाई निखार्ने अवसर प्राप्त हुनेछ । समय उत्तम रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनसक्छ । आँटेको काम सफल हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ । दिन सामान्य छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । लगानीको प्रतिफल उठाउन सकिनेछ । समग्रमा दिन राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कामको लागत बढ्न सक्छ । लामो यात्राको अवसर जुट्नेछ । वैदेशिक क्षेत्र लाभदायक रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कामको सफलताले हौसला बढाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । यात्रा फलदायी रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापार–व्यवसायबाट सोचेअनुरूप लाभ हुने छैन । लामो दूरीको यात्रा होला । आजको दिन सामान्य छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ । प्रतिष्ठित व्यक्तिको हातबाट सम्मान प्राप्त हुन सक्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

होसियार बन्न नसक्दा केही चुनौती आइलाग्नेछन् । भाग्यले साथ दिनेछ । कामकाजमा मन जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो फाइदा हुने व्यवसाय सुरु गरिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पढाइमा राम्रँे प्रगति हुनेछ । आय बढ्ने देखिन्छ । कृषि तथा व्यापारमा फाइदा हुनेछ । मन प्रसन्न रहला ।