धरान । पछिल्लो चौबीस घण्टामा देशभर कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार तीन सय नौजनाको पीसीआर गरिएकामध्ये चार सय ८८ जनाको नतिजा पोजेटिभ आएको छ ।

नेपालमा सोमबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६५ हजार दुई सय ६८ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा पाँच सय २७ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५८ हजार ९ सय ६८ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा २३७ जना छन् भने चार हजार तीन सय ७३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।