मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ खाँबेझोडामा वडा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । 

आइतबार एक कार्यक्रमको आयोजना गरी वडा स्वास्थ्य चौकीको उद्घाटन गरिएको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धीलाल निरौलाले बताए । 

वडा स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले नागरिकहरुको सबै भन्दा ठूलो धन भनेकै स्वास्थ्य भएकाले सबैको पहुचमा स्वास्थ्य सेवा पु¥याउन पालिकाको अभियान रहेको बताइन । गाउँपालिका क्षेत्रका नागरिकहरुलाई अत्यावश्यकीय स्वास्थ्य सेवा पु¥याउन गाउँपालिका लागि परेको बताईन । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले पालिकाले ल्याएको स्वास्थ्य चौकी निर्माण कार्यलाई स्थानीय तवरबाट सहयोग गरी निःशुल्क जग्गा उपलब्ध गराई वडाबासिहरुका लागि  सहज स्वस्थ्य सेवा पु¥याउन सहयोग गरेकोमा खुशी व्यक्त गरे । 

मिक्लाजुङ गाउँपालिका नागरिकहरुको स्वास्थ्यमा सचेत रहेकाले  प्रत्येक वडाहरुमा पालिकाले वडा स्वास्थ्य चौकी निमार्ण संगै सेवा सुचारु गरेकोे बताए । प्रत्येक वडामा वडा स्वास्थ्य चौकीको आफ्नै भवन निमार्णलाई तिब्रता दिएकाले यस बर्ष भित्र सबै वडामा आफ्नै भवन बाट सेवा सुचारु हुने बताँए । 

आफ्नै वडा स्वास्थ्य चौकी भवन नभएका वडाहरुमा समेत गाउँघर क्लिनीक मार्फत सेवा दिईरहेको बताईएको छ ।  वडा स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा वडा स्वास्थ्य चौकी निमार्णमा निःशुल्क जग्गा उपलब्ध गराउने जग्गा दाता ९४ बर्षिय वीरबहादुर बोहोरालाई कदर पत्र  र दोशल्ला ओडाएर सम्मान  गरिएको थियो ।  सम्मान ग्रहण गर्दै ९४ बर्षीय वृद्धा वीरबहादुरले आफुले यस अघि गाउँ घर क्षेत्रबाट सेवा नपाए पनि अब आफु लगायत सबैले सहज रुपमा गाउँबाटै स्वास्थ्य सेवा पाउने भएकोमा आफुलाई ज्यार्दै खुशी लागेको बताए । 

वडा स्वास्थ्य चौकी उद्घाटन संगै महिलाहरुको आङ खस्ने समस्या स्क्रिनीङ शिवीर संचालनग गरिएको थियो । शिविर ३७ जना महिलाको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरिएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिन्तामणी पोख्रेलले बताए ।  त्यस मध्ये २ जनाको अप्रेशन गर्नु पर्ने भएकाले मिक्लाजुङ गाउँपालिकाले निःशुल्क अप्रेशन गर्ने स्वास्थ्य शाख प्रमुख पोख्रेलले बताए ।  शिविरमा बिरामीहरुको परिक्षण प्रशुती तथा स्त्री रोग विषेशज्ञ  डा. गौरी शंकर झा र डा. सरोज मण्डलले गरेका थिए ।