धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ सय कोरोना संक्रमित थपिएका छन् । सोहि समयमा ८४० संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।

मन्त्रालयका अनुसार ६ हजार ७४९ जना आइसोलेसनमा छन् । ३६९ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ५ हजार ८२६ पीसीआर परीक्षण गरिएको छ ।