ब्लाष्टखबर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्ध परेको सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएका छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको संसद विघटनविरुद्ध परेको १२ वटा रिटको संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । 

संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिले चालेका कदमलाइ बदर गर्न माग  गर्दै परेकाे उक्त रिटहरू अब शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ ।

रिटमा मुद्धाको किनारा नलाग्दासम्म संसद सञ्चालनको अन्तरिम आदेश माग गरिएकाे भएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश भने दिएकाे छैन ।