ब्लाष्टखबर । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको गरी माहाधिवेसन आयोजक कमिटी सदस्यमा समेत मनोनित गरेकाे नेकपा ओली समूहले सातै प्रदेशका कार्यकर्ता प्रशिक्षणका लागी विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।

जस अन्तरगत प्रदेश १ का कार्यकर्तालाई प्रशिक्षणका लागी  सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फेलाई जिम्मेवारी ताेकिएकाे ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।

आज सातै प्रदेशमा प्रशिक्षण गर्न लागेको ओली समूहले सुदूरपश्चिम प्रदेशमा लागी लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे,  कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा, गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल , वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, प्रदेश नं २.– ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोलाई जिम्मेवारी तोकिएको छ ।