ब्लाष्टखबर । इलामकाे फाकफोकथुम गाउँपालिका–४ का डबलसिंह मगरको श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै मृत्यु भएकाे छ । 

विराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत श्रीमानकाे पछिल्लाे स्वास्थ अवस्था बारे जानकारी पाएपछि असहज महसुस गरी उपचारका लागि अस्पताल पुर्‍याउँदै गर्दा मगरकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियाे । श्रीमतीकाे मृत्यु भएको २४ घण्टा नबित्दै काेराेना संक्रमणकाे उपचाररत महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत  मगरको गए राति मृत्यु भएको हो ।

मंसिर ८ गते काेराेना संक्रमण पुष्टि भइ भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको मगरलाई मङ्सिर १३ भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई सुनाएको थियो ।

अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि श्रीमतीकाे हर्टअट्याकका कारण मृत्यु भएको बताइएको छ ।