कोरोनाबाट धनुषाधाम–६ का वडाध्यक्ष मोक्तानको मृत्यु

alt
  • मंसिर ४, २०७७
  • गणेशकुमार ठाकुर

ब्लाष्टखबर । धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका वडा नं.६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

७० वर्षीय मोक्तानको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले जानकारी दिए ।

वडाध्यक्ष मोक्तानलाई एक हप्ता पहिले ज्वरो आएपछि पुष्पवलपुरस्थित स्वास्थ्यचौकीमा उपचार गराइएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो ।

उनी यहाँस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थिए । शरीरमा अक्सिजन लेभल समेत कम रहेको वडाध्यक्ष मोक्तानको गत सोमबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

 

धरानका नगरप्रमुख र उ ...

धरान । देशभर कक्षा १२ को परिक्षा गत मङ्गलबारबाट सञ्चालन ...

लाेक गायक सुरेश गन्ध ...

धरान । विरामी अवश्थामा रहेका लोकगायक सुरेश गन्धर्वको सह ...

रंगेलीमा स्थानियले न ...

ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिकामा स् ...

बिरामी बोकेको पिकअप ...

ब्लाष्टखबर । प्युठानबाट बिरामी बोकेर काठमाडौँ ल्याउँदै ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved