भोजपुर । जिल्लाको षडानन्द नगरपालिका ८ तुङगेछाकी २४ बर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना पोजेटिभ देखिएपछि होम आईसोलेसन बस्दै आएकी युवतीको बुधवार मृत्यु भएको हो । जिल्लामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।
गत कार्तिक १९ गते विपी कोईरला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परिक्षण गराउँदा युवतीको रिपोर्ट पोजेटिभ आएको थियो । मृतकको शव व्यवस्थापन फस्ट राइफल गण भोजपुरले गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।