ब्लाष्टखबर । मोरङ प्रहरीले विभिन्न स्थानबाट आतिसबाजी तथा पटका पड्काउने ४१ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार आतिसबाजी तथा पडका पड्काएर समाजमा शान्ति सुरक्षामा खलल पुर्याएकाले उनिहरूलाई पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय माेरङले जनाएका छ ।
पक्राउ परेकाे सबैलाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाइएको उक्त कार्यालयले जनाएकाे छ ।
साथै, पटका पड्काउने एवम आतिसवाजी गर्ने कार्यलाई निरूत्साहित गर्न कार्यालयले आम नागरिकहरूमा सहयोगको लागि अनुरोध गरेकाे छ ।