तेह्रथुम । तेह्रथुम आठराई-५ होडा बस्ने २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको छ । बिहिबार अपरान्ह  आफ्नै घर अगाडी रहेको बिजुलीको ट्रानसमिटरबाट आफुखुसी कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनि बेहोस भएका थिए ।

बेहोस भएका बराईलीलाई उपचारार्थ लाने क्रममा उनको बाटोमै साझँ पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मृतक बराईली सिराहा शेर गणमा कार्यरत नेपाली सेनाको जवान रहेको खुल्न आएको छ ।