ब्लाष्टखबर । हाम्रो युवा समाजद्धारा धरान उपमहानगरपालिकाकाे ५ नम्बर वडाका विभिन्न स्थानका ५५ परिवारलाई खाद्यन्न राहत बाडेकाे छ । 

काेराेना महामारीले ससमस्या ग्रस्त रहकाे अपाङ्ग , अशक्त , एकल महिला, बिपन्न तथा बृद्धबृद्धाकालागी समाजले राहत बाडेकाे समाजका अध्यक्ष दिपक घिसिङले बताएका छन् । स्वदेश तथा विदेशका १८ जना दाताहरूबाट संकलन गरिएकाे ९६ हजार ७११ रूपैया बराबरकाे खद्यन्न वितरण गरेकाे घिसिङले बताएका छन् । 

उनले भने ' लामाे समयकाे लकडाउन खुलेपनि धरानमा  काेराेना महामारी फैलिदाे अवस्थामा छ  । यस्ताेमा यस्ताेमा धेरै वेराेजगार भएका छन् । ति मध्ये पनि अपाङ्ग , अशक्त , एकल महिला, बिपन्न, बृद्ध बा आमाकाे अवस्था झन नाजुक भएकाे पाइयाे,  दशै जस्ताे चर्ड पर्वकाे समयमा काेहिपनि भाेकाे बस्नु नपराेस भनेर हामीले राहत बाडेका  हाै । '

राहतमा प्रत्येक परिवार बराबर २० केजी चामल र १ पाेका तेल बितरण गरिएकाे घिसिङले  जानकारी गराएका थिए । राहत विरण कार्यक्रममा प्रमुख अथितिकाे रूपमा सघिय सांसद जय कुमार राई र प्रदेश १ संासद उमिता बराइलीकाे उपस्थिति रहेकाे थियाे । 

122018732_2825874771027468_6313512568480625056_n 1