धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

इटहरी ठेगाना भएका ५६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमितमा कुनै दीर्घ रोगहरू रहेका थिएनन् । उनको कात्तिक १ गते पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । अस्पतालमा कात्तिक भर्ना गरिएको थियो । भर्ना गरिएको रात नै मृत्यु भएको हो ।

उनको शवको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । स्वास्थ्य प्रोटोकल अनुसार शव व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।