धरान । धरानमा दोस्रो पटक दुई सय संक्रमितको संख्या नाघेको छ । यसअघि एकै दिन २११ जना संक्रमित पुष्टि भएको थियो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार नगरका विभिन्न वडामा लिइएको स्वाब रिपोर्टमा २०६ जनामा कोरोना देखिएको हो । धरानमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय पार गरेको यो दोस्रो पटक हो ।

आइतबार एन्फा क्वारेन्टिन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब संकलन गरिएको आधारमा संक्रमित देखिएका हुन् । धरानमा कुल संख्या २ हजार २१३ पुगिसकेको छ ।