धरान । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९४२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि पछिल्लो २४ घण्टामा १४ हजार ८७५ वटा नमूना संकलन गरिकोमध्ये २ हजार ९४२ जना संक्रमित थपिएका हुन् । कुल संक्रमितको संख्या एक लाख ३२ हजार नाघेको छ ।

आइतबार थप १२ जनाको ज्यान गएको छ । ज्यान जानेको संख्या ७३९ रहेको छ । यो संख्या र नेपाली सेनाको संख्यामा केही थपघट रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना रोगमुक्त बनेका छन् । हालसम्म ९२ हजार १६६ जना सङ्क्रमित निको भइसकेका छन् ।