धरान । श्वासप्रश्वासमा समस्या आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा लगिए पनि बेड अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको ज्यान गएको छ ।

उनी कोरोना संक्रमित भएपछि छोरीको घरमा होम आइसोलेसनमा बसिरहेक थिइन् । तर, शनिबार एक्कासी श्वासप्रश्वासमा समस्या आए पछि उपचारको लागि प्रतिष्ठानमा लगिएको थियो । तर, बेड अभावमा भर्ना नगरिए पछि घर फर्काएको केही समय पछि मृत्यु भएको हो ।

वडाध्यक्ष नरेश इङ्वारमका अनुसार मृतक वृद्धा छोरीको घरमा बस्दै आएकी थिइन् । अहिले प्रतिष्ठानमा बेड अभाव भएको भन्दै संक्रमितहरूलाई भर्ना लिन छाडिएको छ । मृतकका छोराहरू भने धरान–८ मा बस्दै आएका छन् । ७३ वर्षीया वृद्धाको शवलाई स्वास्थ्य प्रोटोकलअनुसार नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ ।