धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरी–१ का कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।

७९ वर्षीय पुरुषको आज बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मृतकको असोज २६ गते कोरोना पोजेटिभ देखिएको थियो भने प्रतिष्ठानको कोभिड अस्पतालमा असोज २७ गते भर्ती भएका थिए ।

मृतकमा मुटु रोगसम्बन्धी समस्या रहेको थियो भने मधुमेहका पनि दीर्घ रोगी रहेको सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । उनको शव व्यवस्थापन नियमानुसार हुँदै छ ।