धरान । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३९२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि गरिएको परीक्षणको क्रममा सो संख्यामा संक्रमित थपिएका हुन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको जनाए ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मुक्त बनेर ३ हजार ५२२ जना संक्रमित डिस्चार्ज भए । नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ । नेपालमा शुक्रबार थप २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।