धरान । नेपालमा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५९८ नमुना परीक्षण गरिएकामध्ये सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

कोरोनाबाट बिहीबार थप १९ जनाको ज्यान गएको छ । कुल संक्रमितको संख्या ६९४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५६४ जना संक्रमित रोगमुक्त बनेका छन् । हालसम्म नेपालमा ८४ हजार ५१८ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो ।