धरान । धरान–७ का ६३ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत वृद्धाको आज ज्यान गएको हो ।

उनलाई निमोनिया र मुटुको समस्या रहेको थियो । बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार असोज २२ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको आज बिहान ११ः१५ बजे ज्यान गएको हो । उनको शवको व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।