पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा समुदाय स्तरमै थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका र संक्रमितको कन्टयाक्ट ट्रेसिङ परेका ४३ जना मध्ये १२ जनालाई कोरोना पोजेटिभ देखिएको हो । पीसीआर टेष्टको रिपोर्ट बिहीबार गाउँपालिकाको स्वास्थ्य शाखामा आएको स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए ।
संक्रमितको कन्टयाक्ट ट्रेसिङ र विदेशबाट आए होम क्वारेन्टाइनमा बसेकोहरूमा गत असोज २५ गते स्वाब संकलन गरी विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो । दुई हप्ताअघि समुदायमा ५ जना कोरोना संक्रमण देखिएपछि संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ८ जनालाई थप कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
कन्ट्रयाक ट्रेसिङमा परेका ३८ जनाको स्वाब संकलन गरी पीसीआर टेष्टको लागि पठाइएको मध्ये ८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि २५ गते ८ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका र विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेको ४३ जनामध्ये १२ जनालाई बिहीबार कोरोना संक्रमण देखिएको हो ।