ब्लाष्टखबर । धरानका २ जनासहित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरामा थप ४ जनाकाे मृत्यु भएकाे छ । 

मृत्यु हुने धरान ९ का ४४ वर्षीय महिला र ५८ वर्षीय पुरूषसहित  इटहरी २० का ७५ वर्षीय महिला र तेह्रथुमका ३१ वर्षीय पुरूष रहेका छन् । 

संक्रमित धरानकी महिलाकाे २८ गते दिउसाे ३:१५  र पुरूषकाे  ११ :५५ प्रतिष्ठानकाे काेभिड अस्पतालमा मृत्यु भएकाे प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन् ।   उनका अनुसार मृतक महिलामा २७ गते काेराेना संक्रमण पुष्टि भइ २८ गते अस्पताल भर्ना भएकी थिइन् । त्यस्तै 

५८ वर्षीय पुरूषमा २५  गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे हाम आइसाेलेसनमा बस्दै आएका उनकाे स्वास्थ अवस्था बिग्रिएपछि हिजै प्रतिष्ठान लगिएकाे थियाे । 

त्यस्तै, इटहरी २० कि ७५ वर्षीय बृद्धाकाे गयराती मध्यान्नमा आकस्मिक कक्षमा मृत्यु भएकाे श्रेष्ठले जानकारी गराएका छन् । उच्च रक्तचापकी बिरामी उनि बुधबार  प्रतिष्ठानकाे आकस्मिक विभागमा भर्ना भएकी थिइन् । बुधबार नै उनमा काेराेना संक्रमण पुष्टि भएकाे श्रेष्ठले बताएका छन् ।

त्यसैगरी, असाेज १० गते कोशी अस्पतालमा काेराेना संक्रमण पुष्टि भएका तेह्रथसमका ३१ वर्षीय पुरूषकाे पनि आज विहान ७ :१५ मा मृत्यु भएकाे प्रतिष्ठानले जनाएकाे छ । मृगैलाकाे समूयाका साथै उच्च रक्तचापका बिरामी रहेका उनि असाेज ११ मा प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएका थिए ।