श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज २९ गते बिहीबार, १५ अक्टोबर २०२० । अधिक आश्विन कृष्णपक्षको त्रयोदशी तिथि ०८ः५१ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र उत्तरा फाल्गुनी १८ः१४ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः०३ र सूर्यास्त ५ः३४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय राम्रो छ । कला तथा साहित्यको क्षेत्रमा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । सरकारी जागिरमा बढुवा तथा स्थानान्तरण होला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
वस्त्र तथा आभूषण खरिद हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला । वैदेशिक यात्राको सुवर्ण अवसर आउला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्य छ । अनावश्यक कामको विवादमा फसिएला । विश्वासपात्रबाट धोका हुनेछ । शरीर आलश्य बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा सफलता मिल्ला । जागिरमा बढुवा होला । बिछोडिएका साथीभिाइसित रमाइलो भेटघाट हुनेछ ।  

 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । माया–प्रेमको सम्बन्ध विस्तार होला । वैदेशिक यात्राको सुवर्ण अवसर आउला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । शत्रु पक्ष शरणमा आउलान् । आफूलाई प्रिय लाग्ने उपहार प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमीन तथा भवनसम्बन्धी महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  
समय राम्रो छ । घर–परिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । राजनैतिक निकायमा तपाईंको उच्चस्थान रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सरकारी जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमँइलो भेटघाट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा सफलता मिल्ला । नयाँ कामको शुभारम्भ हुनेछ ।