उदयपुर । उदयपुरमा एक मेयरसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाको प्रयोगशालामा गरिएको परीक्षणमा बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एक सय १८ जना संक्रमित मध्ये ५ जना मात्र उपचाररत अवश्थामा रहेको बेला जनप्रतिनिधिसहित ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ५४ बर्षिय मेयरसहित ४०, ४३, २८, ४२ बर्षिय पुरुष र १८ बर्षिया महिलालाई कोरोना पुष्टि भएको जनाएको छ ।

उनीहरुमध्ये एक जना स्वास्थ्यकर्मी समते रहेको जनाईएको छ । एक साता अघि मेयरका ८२ बर्षिय वुवालाई उपचारका क्रममा विपी कोईरालामा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोराना संक्रण देखिएपछि कन्ट्रयाक टे«सिङ्गमा थप ६ जनामा संक्रमण देखिएको जनाईएको छ ।

योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय २४ जना पुगेको छ । त्यसमध्ये ९२ जना पुरुष र ३२ जना महिला रहेका छन् । ंमेयरमा पोजेटिभ देखिएपछि पालिकाका सबै जनप्रतिनिधि र कर्मचारी कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।
अहिलेसम्म त्रियुगा नगरपालिकामा ७० जना, बेलका नगरपालिकामा ४० जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

अहिलेसम्म १ हजार ९ सय ६२ जना महिला र ७ हजार ७ सय २२ जना पुरुषको पिसिआर परीक्षण गरिसकेको छ । त्यसमध्ये ७ हजार ६ सय ८९ जनाको रिर्पोट आईसकेको छ । अहिले २० जना पुरुषसहित २३ जना क्वारेन्टाईनमा रहेको छ भने ४ सय ५४ जना पुरुषसहित ४ सय ७२ जना होमक्वारेन्टाईनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
।।