ब्लाष्टखबर । ट्याक्टरको ठक्करबाट मोरङ मिक्लाजुङ ४ मा एक ७४ वर्षीय बृद्धकाे मृत्यु भएकाे छ । 

आज दिउसो २ बजे पैदल हिडिरहेका बृद्ध डिक बहादुर राईलाइ प्रदेश नम्बर  १-०१-००१ त ८२५५ नम्बरको ट्याक्टरले ठक्कर दिदा पैदल हिडिरहेका राई गम्भिर घाईते भएका थिए ।

घाईते राईकाे  उपचरका क्रममा उर्लाबारी स्थित अरनिको अस्पताल अपरान्ह  ३ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिइएकाे तथा घटनापछि चालक तत्काल फरार रहेकोले खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।