ब्लाष्टखबर । उर्लाबारीमा ट्याकटरकाे ठक्करबाट घाइते भएका माेटरसाइकल चालकाकाे मृत्यु भएकाे छ । 

आज बिहान उर्लावारी जोरबाटो स्थित भित्री सडकखण्डमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक उर्लावारी-९ बस्ने २९ बर्षीय देउ कुमार लिम्बु गम्भिर घाईते भएका थिए । 

घाईते लिम्बुको बिर्तामोड स्थित विएण्ड-सी अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

ठक्कर दिन ट्रक र चालक मोरङ रतुवामाई -१० का २६ बर्षीय रेवत प्रसाद सुबेदी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।