विजयपुर । धरान उपमहानगरपालिका वडा नं. ९ को आयोजनामा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ ।

वडा नं. ९ को दलित लक्षित वजेट अन्र्तगत ५० हजार वजेटबाट आयोजना गरिएको तालिमको वडा नं. ९ का अध्यक्ष रत्नबहादुर कट्वालले उद्घाटन गरे । वडा सदस्य ऋचा शंकरको अध्यक्षमा भएको कार्यक्रममा वडा सदस्य सविना शाक्यले स्वागत मन्तव्य राख्दै तालिम लिएपछि पत्रकारिता पेसामा लाग्ने अपेक्षा रहेको बताइन ।

३ दिनसम्म चल्ने तालिमको सहजिकरण पत्रकार रणध्वज लोहारले गरिरहेका छन् । तालिममा १२ जना सहभागी छन ।