विराटनगर /  छिमेकी मुलुक भारतको भइरहेको आइपिएल खेलमा खट्टाबाजी खेलाउने विराटनगरबाट तीन जना पक्राउ परेका छन् । भारतमा भइरहेको ‘इिन्डया प्रिमियर लिंक’ मा अनलाइनमार्फत सटा बाजी खेलाएको आरोपमा मंगलबार राती तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५ भट्टीमोडका ३८ वर्षिय मुन्ना भन्ने सत्यजित साह, विराटनगर १७ रानीका ४२ वर्षिय जगदिश साह र विराटनगर १५ रानीका ३८ वर्षिय बैजनाथ साहलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

‘मुन्ना भन्ने सत्यजित साहको घरमा मोबाईल फोन मार्फत आइपिएल खेलको सट्टाबाजी भइरहेको विशेष सूचना प्रहरीलाई आयो,’ मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले भने, ‘मोरङ प्रहरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।’

प्रहरीले साहको साथबाट सट्टाबाजी खेलाउने गरेको ६० हजार रुपैयाँ पनि बरामद गरेको मोरङ प्ररीले जनाएको छ । ‘अहिले चलिरहेको आइपीएलमा अवैव रूपमा सट्टाबाजी गर्ने गिरोह सक्रिय भएको पाइयो,’ डिएसपी राईले भने, ‘यसमा अरू पनि संलग्न हुनसक्छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले सट्टाबाजी खेलाउन प्रयोग हुने ल्यापटप र मोवाइल पनि बरामद गरेको छ । प्रहरीले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङमा जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरु गरिने डिएसपी राईले बताए ।